असार २३, २०८२ सोमबार July 7, 2025

वाग्मती प्रदेश छनोट : काठमाडौँ र चितवन उपाधिका लागि भिड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: काठमाडौँ र चितवन प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् ।

समूह चरणको खेलमा सोमबार काठमाडौँले मकवानपुरलाई सात विकेटले पराजित गरेपछि समूह ‘ए’ को शीर्षस्थानमा रहँदै उपाधि भिडन्त पक्का गरेको हो । चितवन यसअघि नै समूह ‘बी’ को शीर्षस्थान कायम गर्दै उपाधिको दाबेदार बनेको हो ।

मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै निर्धारित ४० ओभरको खेलमा मकवानपुरले ३० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्र बनायो । चौहत्तर रनको विजयलक्ष्य काठमाडौँले २० दशमलव दुई ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौँका लागि इशान पाण्डेले अविजित रहँदै ३२ तथा जितेन्द्रसिंह ठकुरीले १४ रन बनाउनुभयो ।

यसअघि ब्याटिङ गर्ने क्रममा मकवानपुरका लागि गौरव खड्काले १५ तथा युविन बुढाथोकीले १० रन बनाउनुभयो । बलिङतर्फ काठमाडौँका लागि आरियो पौडेलले पाँच तथा सञ्जम रेग्मीले दुई विकेट लिनुभयो । पौडेलले सात दशमलव एक ओभर बलिङ गर्दै एक मेडन राखी १७ रन खर्चेर पाँच विकेट लिनुभएको हो । यस्तै सोमबार नै सम्पन्न अर्को खेलमा भक्तपुरले नुवाकोटलाई आठ विकेटले हरायो ।

टस जितेर ब्याटिङ गर्दै नुवाकोटले ३८ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन बनायो । नुवाकोटका लागि कप्तान राजेश रिमालले ३६, प्रदीप परियारले १६, आयुश बस्नेतले २१, अभिराज यादवले १४ बनाउनुभयो । बलिङतर्फ भक्तपुरका लागि कृष कार्की, सुवास खत्री र सुसान श्रेष्ठले दुई÷दुई विकेट लिनुभयो । एक सय ३६ रनको विजयी लक्ष्य भक्तपुरले ३२ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

भक्तपुरका लागि नवीन यादव र अदित सुवेदीले ६०÷६० रन बनाउनुभयो । बलिङतर्फ नुवाकोटका लागि सकर रावत र अभिराज यादवले एक÷एक विकेट लिनुभयो । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार