असार २३, २०८२ सोमबार July 7, 2025

खेल मैदान निर्माण सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: दोलखाको तामाकोशी गाउँपालिका–५ शहरेमा पालिकास्तरीय खेल मैदान निर्माण सम्पन्न भएको छ ।

तामाकोशी गाउँपालिकाको करिब रु डेढ करोड लागतमा खेल मैदान निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिनुभयो । बोलपत्र प्रक्रियामार्फत निर्माणको जिम्मा पाएको शङ्कर निर्माण सेवाले समयमै काम सम्पन्न गरेको हो ।

राष्ट्रियस्तरको खेलकूद आयोजना गर्नका लागि आवश्यक पर्ने मापदण्डअनुसार ११० मिटर चौडाइ र १२० मिटर लम्बाइको खेल मैदान रहेको छ । उहाँले खेल मैदान निर्माण भएसँगै विभिन्न खेलकूदका कार्यक्रम आयोजना गर्नका लागि सहज भएको बताउनुभयो ।

गाउँपालिकाले युवालक्षित र खेलकूदलाई विशेष प्राथमिकता दिएको छ । अन्य क्षेत्रमा जस्तै खेलकूदमा पनि विकास गराउने उद्देश्यले गाउँपालिकाले सबै वडामा खेल मैदान निर्माण गरिरहेको छ ।

पालिकाले अन्य विकासका योजना साथै खेलकूदलाई समेत प्राथमिकत दिएर नीति तथा कार्यक्रमअन्तर्गत समेटी योजना नै बनाई काम गरिरहेको छ । यस वर्षसमेत खेलकूद विकासका लागि रु एक करोड १५ लाख रकम विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्रले जानकारीदिनुभयो । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार