असार २५, २०८२ बुधबार July 9, 2025

युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएको निर्वाचन आयोगले शनिबार घोषणा गरेको छ ।

आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार मुसेभेनीले खसेको कूल मतसङ्ख्याको ५८.६४ प्रतिशत मत प्राप्त गर्नुभएको शनिबार निर्वाचन परिणाम सार्वजनिक गर्न आयोजना गरिएको एक कार्यक्रममा औपचारिक घोषणा गर्नुभयो ।

नयाँ कार्यकालका लागि निर्वाचित वर्तमान् राष्ट्रपति मुसेभेनीको निकटतम प्रतिद्वन्द्वी बोबी वाइन भनिने रोबर्ट क्यागुल्यानीले ३४.८३ प्रतिशत मत पाउनुभएको थियो । राष्ट्रपतिमा तेस्रो स्थानमा प्रजातान्त्रिक परिवर्तन पार्टीका नेता तथा विपक्षी नेता प्याट्रिक अमुरियटले जम्मा ३.२४ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

सन् १९८६ देखि युगाण्डाको सत्तामा रहँदैआएका म्यूसेभेनीको जीतले उनको शासनलाई अर्को पाँच बर्षका लागि वैधानिकता दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया