जेठ ५, २०८१ शनिबार May 18, 2024

नेपालमा थप ११९ जनामा कोरोना संक्रमण – थप दुईको मृत्यु पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा थप ११९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ९२५ पुगेको छ । थप दुई हजार २५१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २० लाख ९३ हजार ४१७ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६८ हजार ७२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर २६० सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ७२ पुगेको छ । हाल देशभर एक हजार ८१५ सक्रिय सङ्क्रमित रहेका छन् । हाल ९२ सङ्क्रमित क्वारेन्टिनमा छन् । यस्तै ५६ सङ्क्रमित आइसीयुमा तथा ११ सङ्क्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय थपिएका कोरोना सङ्क्रमितमा प्रदेश–२ को धनुषामा एक, बागमती प्रदेशको काठमाडौँमा ४३, काभ्रेपलाञ्चोकमा तीन, चितवनमा सात, धादिङमा एक, नुवाकोटमा दुई, भक्तपुरमा चार र ललितपुरमा आठ र सिन्धुपाल्चाोकमा एक, गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा तीन, तनहुँमा चार, पर्वतमा एक, म्याग्दीमा तीन र लमजुङमा ६, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एक, दाङमा तीन, नवलपरासीमा एक, पाल्पामा दुई र बाँकेमा पाँच तथा सुदूरपश्चिम प्रदेशको कैलालीमा एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

थप दुईको मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया