जेठ ५, २०८१ शनिबार May 18, 2024

नेपालमा थप १२७ जनामा कोरोना देखियो – कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा ४ हजार पीसीआर परीक्षण भएकोमा १२७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको छ।

हाल देशभर १ हजार ७ सय ७ सक्रिय संक्रमित रहेका छन्। ६२ जनाको कोरोना संक्रमितको आईसियुमा तथा १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया