जेठ ५, २०८१ शनिबार May 18, 2024

शनिवार ५७ नयाँ सङ्क्रमित थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा थप ५७ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर एक हजार ९०० जनाको पिसिआर परीक्षण भएकामा २७ महिला र ३० पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो । आज काठमाडौँ उपत्यकामा १७ महिला र १४ पुरुष गरी ३१ सङ्क्रमित भेटिएका छन् ।

हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख १३ हजार ५४९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

गत २४ घण्टामा थप १३३ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ६८ हजार ९२९ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको छ । गत २४ घण्टामा कोही पनि सङ्क्रमितको मृत्यु भएको छैन ।

कोरोनाबाट हालसम्म दुई हजार ५४ जनाएको मृत्यु भएको छ । पाँच सय भन्दाबढी सङ्क्रमित भएको जिल्ला काठमाडौँ मात्र छ । शुन्य सङ्क्रमित भएका जिल्ला इलाम, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, मुस्ताङ, मुगु, पश्चिम रुकुम र अछाम रहेका छन् । हाल देशभर संस्थागत आइसोलेशनमा ९८२ छन् । सघन उपचार कक्षमा ५६ जना र भेन्टिलेटरमा १७ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया