जेठ ५, २०८१ शनिबार May 18, 2024

नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण – १ सय ३१ जना निको भएर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्व महामारी कोरोना भाइरस कोभिड- १९ को सङ्क्रमणबाट आज १ सय ३१ जना निको भएका छन् । यो सँगै हालसम्म निको हुनेको सङ्ख्या २ लाख ६९ हजार ६० पुगेको छ । हालसम्म कूल संक्रमित मध्ये ९८ दशमलव ७ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर ३ हजार ५ सय १ वटा नमूना परिक्षण गर्दा १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको छ ।

देशभर रहेका १ हजार ६ सय ४ सक्रिय संक्रमित मध्ये ६१ जनाको आइसियु र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दोस्रो चरणमा ३ लाख व्यक्तिलाई खोप लगाउने लक्ष्य अनुसार आज पहिलो दिन ६ हजार बढिले खोप लगाएको जानकारी दिनुभयो ।

यस चरणको खोप अभियानमा सरकारी कर्मचारी, सार्वजनिक संस्थान तथा बैङ्कका कर्मचारी, पत्रकार, स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा खटिएका सुरक्षाकर्मी र छुटेका स्वास्थ्यकर्मीलाई खोप लगाइने प्रा. डा गौतमले बताउनुभयो ।

८ गते सम्म संचालन हुने खोप अभियानमा प्राथमिकतामा परेका व्यक्तिहरूले जिल्लास्थित स्वास्थ्य संस्था वा खोप केन्द्रमा गई खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया