वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

पर्वतको फलेवासमा १० शैयाको अस्पताल सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पर्वत जिल्लाको फलेवास नगरपालिकाले १० शैयाको नगर अस्पताल संचालनमा ल्याएको छ । सरकारको एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत फलेवास नगरपालिकाले दश शैयाको अस्पताल संचालनमा ल्याएको हो ।

स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका नगरवासीको स्वास्थ्य सेवालाई मध्येनजर गदै अस्पताल संचालनमा ल्याएको जनाईएको छ । अस्पतालको फलेवास नगर प्रमुख पदमपाणि शर्माले उद्घाटन गर्नुभयो ।

नगरप्रमुख पदमपाणि शर्माले अस्पताल उद्घाटन सँगै नगरपालिका स्वास्थ्य क्षेत्रको नयाँ युगमा प्रवेश गरेको बताउनु भयो । उहाँले जनताको स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण भएकाले जनतालाई कसरी स्वास्थ्य राख्ने भन्नेमा नगरपालिका लागि परेको बताउनु भयो । नगरप्रमुख शर्माले नगर अस्पतालमा केही महिनामै दन्त सेवासमेत सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

अस्पताल निर्माणका लागि नेपाल सरकारले १० करोड ६३ लाख सहयोग गरेको तथा आवश्यक सामग्री खरिद गर्न र कर्मचारी व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिनुभयो । अस्पतालमा एक डाक्टर, दुई स्टाफ नर्स र एकजना कार्यालय सहयोगी रहने छन् ।

उक्त कार्यक्रममा स्वास्थ्य शाखा विभागवाट प्राप्त ६ लाख भन्दा बढिको स्वास्थ्य सामग्री नगरपम्रुख शर्मालाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य शाखा विभागका बैगुण्ठ राज गौत्तमका अनुसार अस्पताललाई एक लाख ५० हजारको औषधी, चार लाख ४९ हजारको बेड र २५ हजार बरावरको अन्य उपकरण सहितको सामग्री वितरण गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार