वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

चिकित्सकले बढाए स्वास्थ्य परीक्षण शुल्क – कुन शिर्षकमा कति शुल्क बढ्यो (सूची सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अस्पतालको बहिरङ (ओपिडी) शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) को आज (बुधबार) बसेको बैठकले स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय गरेको हो ।

बैठकले चिकित्सकले बिरामी जाँच गरेवापत लिन पाउने परामर्श शुल्क बढाउने निर्णय गरेको अफिन र चिकित्सक संघद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अफिन र चिकित्सक संघले माघ ४ गते गरेको सहमतिका आधारमा बहिरङ (ओपिडी) शुल्क बृद्धि गर्ने निर्णय गरेको हो ।

ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३ सय ७० देखि ८ सय २५ सम्म शुल्क लिन पाउने गरी निर्णय गरिएको हो । नेपाल राष्ट्र बैंकको मुद्रा स्फ्रिती तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको जनाइएको छ ।

नयाँ शुल्कअनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बिडिएस डाक्टरले ३७०, ५ वर्ष भन्दा माथिकाले ४५० रुपैयाँ ओपिडी शुल्क लिन पाउने छन् ।

त्यस्तै एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका तर ५ वर्षभन्दा कम अनुभव भएकाले ५१५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्क लिन पाउँछन् । १० वर्षभन्दा बढी अनुभव भएका एमडी, एमएस र एमडिएस डाक्टरले ८२५ रुपैयाँ शुल्क लिन पाउने सूचनामा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार