वैशाख २२, २०८१ शनिबार May 4, 2024

नेपालमा रेम्डिसिभिरले निको हुने दर बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्लाजा थेरापी र रेम्डिसिभिर प्रयोग गरेका कोभिड १९ का बिरामीमध्येमा रेम्डिसिभिर मात्र प्रयोग गरिएका संक्रमितमा निको हुने दर बढी पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको अध्ययन सर्वेक्षणले यस्तो देखाएको हो ।

परिषद्ले गत जुलाइदेखि अक्टोबरभित्र यी बिरामीहरुमा यो अध्ययन गरेको थियो । परिषद्ले मंगलबार नेकपामा कोभिड १९ संक्रमणको उपचारको लागि रेम्डिसिभिर र कन्भलेसेन्ट प्लाज्मा थेरापीको अवलोकन अध्ययनमा यस्तो नतिजा निस्केको हो । रेम्डिसिभिर मात्र प्रयोग गरिएका ८४ प्रतिशत बिरामीहरु निको भइ डिस्चार्ज भएका थिए । रेम्डिसिभिर मात्र प्रयोगले मध्यम तहको संक्रमण भएका (जटिल निमोनिया नभएका) बिरामीहरुको निको हुने दर ९४.४ प्रतिशत रहेको थियो ।

रेम्डिसिभिरको तुलनामा कन्भालेलेन्ट प्लाज्मा थेरापी मात्र प्रयोग भएका बिरामीको निको हुने दर ३९ प्रतिशत कम रहेको छ । प्लाज्मा मात्र लिएका बिरामीमा गम्भीर निमोनिया तथा संक्रमण भएको थियो । अध्ययनअनुसार रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा दुवै पाएका बिरामीको निको हुने दर ५४ प्रतिशत थियो । नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार