काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै समूहका दोस्रो तहका नेता नेताद्वयले छलफल शुरु गरेका छन् ।
बिहीबार नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र नेकपा ‘प्रचण्ड’-नेपाल समूहका नेता एवं पूर्व कृषिमन्त्री घनश्याम भुसालबीच सिंहदरबारमा भेटवार्ता गरी पछिल्लो राजनितिक अवस्थाका बिषयमा छलफल थालेका हुन्।
सिहदरबार स्थित संघिय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमको कार्यकक्षमा उनीहरुबीच गोप्य रुपमा ४५ मिनेट छलफल भएको हो ।
दुबै नेताबीच सर्वोच्च अदालतको फैसलापछी आईतबारदेखी शुरु हुने संसद बैठक लगायत पछिल्लो राजनितिक विषयमा छलफल भएको स्रोतको दाबी छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया