श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेकपा महासचिव विप्लव नवलपुरबाट सार्वजनिक, प्रहरीको सुरक्षामा काठमाण्डौं प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी विप्लवका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक हुनुभएको छ । सरकारले बिहिबार प्रतिबन्ध फुकुवा गरेसँगै नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको दलदलेबाट उहाँ आज बिहान सार्वजनिक हुनुभएको हो ।

विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उहाँ भूमिगत अवस्थामा हुनुहुन्थ्यो । बिहीबार मात्रै सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको वार्ता सफल भएपछि पार्टीका महासचिव चन्द सार्वजनिक हुनुभएको हो ।

सार्वजनिक भएसँगै महासचिव चन्दले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाटसमेत गर्नुभएको छ ।

जिल्लाको पहाडी क्षेत्रबाट आज बिहान ३ः०० बजे उहाँ देवचुली नगरपालिकाको दलदलेमा आइपुग्नुभएको जनाइएको छ । देवचुलीमा सार्वजनिक भएर शहीद परिवारसँग भेटघाट गरेपछि चन्द प्रहरीको सुरक्षामा काठमाडौँ प्रस्थान गर्नुभएको प्रहरीले जनाएको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित एउटै मञ्चबाट वार्तामा भएका बुँदाहरु सार्वजनिक गर्ने कार्यक्रममा जान उहाँ नवलपुरको दलदलेबाट काठमाडौँ प्रस्थान गर्नुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया