श्रावण ५, २०८२ सोमबार July 21, 2025

सर्वोच्चले ढिलै भए पनि न्याय दियो – अध्यक्ष कट्टेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम विवादबारे सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला सुनाएपछि ऋषिराम कट्टेलले जे हुनुपर्ने थियो, त्यही भएको प्रतिक्रिया दिएका छन्।

उनले निर्वाचन आयोगले अन्याय गरे पनि सर्वोच्चले ढिलै भए पनि न्याय दिएको जानकारी दिए। अर्को पक्षको नेकपाको विषयमा भने उनले अब सरकारी नेकपा भन्ने नरहेको बताए। निर्वाचन आयोगले उहाँहरुलाई (केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई) तपाईंहरुको नाम खारेज भएकाले अर्को नाम ल्याउनुस् भन्ला, उनले भने।

आज न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले २०७५ मंसिर २१ गते हालेको कट्टेलको रिट जारी हुने फैसला सुनाएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया