श्रावण ५, २०८२ सोमबार July 21, 2025

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक केहीबेरमा बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज मध्यान्ह ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

सर्वाेच्च अदालतले नेकपा नामको विवादमा आइतबार गरेको फैसला र आगामी रणनीति तय गर्न बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

दाहाल – नेपाल समूहले सर्वाेच्चको फैसला राजनीति भएको टिप्पणी गरेको छ । प्रवक्ता श्रेष्ठले आइतबार सामाजिक सञ्जालमा  कानुनको विरुद्धमा राजनीतिक फैसला भएको र त्यसमा सहमत हुन नसक्ने बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया