कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

नेकपाबाट बागी बनेका घर्तीले राजमोका शाहीलाई नै सघाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट बागलुङ क्षेत्र नं.२ प्रदेश (ख) मा बागी उम्मेदवारी दिएका शेरमान घर्तीले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई नै सघाउने भएका छन्।

निर्वाचन आयोगले तोकेको समयमा नपुगेका कारण उम्मेदवारी फिर्ता नभए पनि पार्टीसँगको औपचारिक छलफलपछि उनी पार्टीले तोकेको आधिकारीक उम्मेदवारलाई सघाउन तयार भएका हुन्।

घर्तीले राजमोका उम्मेदवार खिमविक्रम शाहीलाई सघाउने सहमति भइसकेको र त्यसको जानकारीका लागि केहीबेरमै पत्रकार सम्मेलन गर्न लागिएको नेकपा बाग्लुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले बताएका छन। कानूनी रुपमा उम्मेदवार फिर्ता नभए पनि सहमति गरेर गठबन्धनका शाहीलाई नै सघाउन घर्ती तयार भएको अध्यक्ष सापकोटाले बताएका छन।

‘ढिला आएका कारण उम्मेदवार फिर्ता भएन’, अध्यक्ष सापकोटाले भने, ‘उहाँ वाम गठबन्धनको आधिकारिक उम्मेदवारलाई सघाउन तयार हुनुभएको छ, केही बेरमै पत्रकार सम्मेलन गरेर जानकारी गराउँदै छौँ।’

नेकपाले बाग्लुङ क्षेत्र नम्बर २ प्रदेशसभा (ख) राजमोलाई छाड्ने गरी सहमति गरेको थियो। पार्टी निर्णयविरुद्ध घतीले बिहीबार प्रदेससभा सदस्यका लागि मनोनयन दर्ता गरेका थिए।

पार्टी निर्णयविपरित मनोनयन दर्ता गरेपछि फिर्ता लिन नेकपाले दबाब दिँदै आएको थियो।

आइतबार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले घर्तीसँग सहमतिको पहल गरी आफ्नै हेलिकप्टरमा राखेर सदरमुकाम ल्याएका थिए।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय आज दिउँसो १ बजेसम्मका लागि तोकेको थियो। उनीहरु आयोगले तोकेको समयभन्दा २० मिनेट ढिला गरी आएपछि कानूनी रुपमा उम्मेदवारी फिर्ता गराउन नेकपा असफल भएको थियो।

त्यसपछि उम्मेदवार घर्तीसहित नेकपाका जिल्लाका जिम्मेवार नेताहरुबीच भएको छलफलपछि घर्ती शाहीलाई सघाउने निर्णयमा पुगेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका सचिवालय सदस्य भट्टले परित्याग गरे पार्टी
२०८२ कार्तिक १४, शुक्रबार
‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन
२०८२ कार्तिक १४, शुक्रबार
दीपक आचार्यद्धारा निर्देशित चलचित्र ‘परान’ आजदेखि प्रदर्शनमा
२०८२ कार्तिक १४, शुक्रबार
निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण
२०८२ कार्तिक १४, शुक्रबार
निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित
२०८२ कार्तिक १४, शुक्रबार
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
२०८२ कार्तिक १४, शुक्रबार
मेची राजमार्गको इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध
२०८२ कार्तिक १४, शुक्रबार