श्रावण ५, २०८२ सोमबार July 21, 2025

जनता समाजवादी पार्टीको संसदीय दलको पहिलो बैठक आज बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी(जसपा) नेपालको संसदीय दलको पहिलो बैठक आज बस्दैछ।

आज मंगलवार दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकमा देशको पछिल्लो रानजीतिक घटनाक्रमबारे छलफल हुने बताईएको छ।

सर्वोच्च अदालतको पछिल्लो फैसलापछि देशको बदलिँदो राजनीतिक अवस्था तथा संसदमा कसरी प्रस्तुत हुने भन्ने लगायतका विषयमा छलफल हुने जसपाका नेता राजकिशोर यादवले जानकारी दिए।

तत्कालीन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो। जसपाका ३४ जना सांसदमध्ये दुईजना निलम्बनमा रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया