जेठ ५, २०८१ शनिबार May 18, 2024

४ लाख ३२ हजार बढी ज्येष्ठ नागरिकले खोप लगाए – थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः दोस्रो चरणको कोरोना भाइरस विरुद्धको खोप अभियानको २ दिनमा ४ लाख ३२ हजार ४ सय ६८ जना ज्येष्ठ नागरिकले खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड खोप सम्बन्धी प्रेस व्रिफ्रिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दोस्रो चरणको खोप अभियानको पहिलो दिन २ लाख १७ हजार ३ सय १९ र दोस्रो दिन २ लाख १५ हजार १ सय ४९ जनाले खोप लगाएको जानकारी दिनुभयो ।
प्रवक्ता डा. गौतमले यस चरणमा ६५ वर्ष माथिका १७ लाख ८२ हजार ४ सय ६९ जनालाई खोप लगाउने लक्ष्य अनुसार आजसम्मको तथ्याङ्क अनुसार २४ दशमलव ३ प्रतिशत खोप लगाइएको जानकारी गराउनुभयो ।
यस्तै, आज ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर २ हजार ७ सय १५ वटा नमुनाको परीक्षण गर्दा ३४ पुरुष २५ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमण हुनेको सङ्ख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ ।
कोरोना सङ्क्रमणबाट आज ६० जना निको भएका छन् । यो सँगै हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप १ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया