जेठ ५, २०८१ शनिबार May 18, 2024

आठ हजार ज्येष्ठ नागरिकलाई खोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चार दिनका अवधिमा आठ हजार बढी ज्येष्ठ नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् । फागुन २३ गतेबाट शुरु अभियान अन्तर्गत बुधबारसम्म पाँच पालिकाका आठ हजार ४५ ज्येष्ठ नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

फागुन २३ गतेदेखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ ।

व्यास नगरपालिकाका दुई हजार सात सय ९९, भानु नगरपालिकाका दुई हजार तीन सय ९४, देवघाट गाउँपालिकाका एक हजार ७२, आँबुखैरेनी गाउँपालिकाका आठ सय ७७ र बन्दीपुर गाउँपालिकाका नौ सय तीन ज्येष्ठ नागरिकलाई खोप लगाइएको कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया