जेठ ५, २०८१ शनिबार May 18, 2024

नेपालमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो २४ घण्टामा २५ सय १२ स्वाब नमूना परीक्षण गराउँदा ४८ जनामा कोरोना संक्रमण देखिएको छ।

यो सहित हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको छ।

२४ घण्टामा थप ६१ जना डिस्चार्ज भएका छन्। यो सहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार  १७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया