श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेकपा एमालेमा जिम्मेवारी हेरफेर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एमाले) ले प्रदेश कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातवटै प्रदेशका इन्चार्ज, अध्यक्ष र सचिव हेरफेर गरेको हो ।

नेकपा (माओवादी केन्द्र)बाट आएका गृहमन्त्री रामवहादुर थापा वादल, लेखराज भट, प्रमु शाहलाई प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ । थापालाई वागमती प्रदेशको इन्चार्ज, साहलाई प्रदेश–२ को अध्यक्ष र लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्ज तोकिएको वागमति प्रदेशका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए ।

उनका अनुसार एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रदेश–१ को इन्चार्ज सुवासचन्द्र नेम्वाङ, अध्यक्ष देवराज घिमिरे र सचिव विनोद ढकाल, प्रदेश–२ का इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल, बाग्मती प्रदेशको इन्चार्जमा रामबहादुर थापा बादल, अध्यक्ष आनन्द पोखरेल र सचिव खेम लोहनी, गण्डकी प्रदेशको इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, अध्यक्ष जगत विश्वकर्मा र सचिव गोविन्द नेपालीलाई चयन गरिएको छ ।

यस्तै लुम्बिनीको इन्चार्जमा शंकर पोखरेल, अध्यक्ष लीला गिरी, सचिव खेममान खड्का, कर्णाली प्रदेशको इन्चार्ज यमलाल कँडेल, अध्यक्ष गुलाबजंग शाह र सचिव धर्मराज रेग्मी, सुदूरपश्चिमको इन्चार्ज  लेखराज भट्ट, अध्यक्ष  कर्ण थापा र सचिव  राजेन्द्र सिंह रावल रहेका छन् ।

यस्तै वागमती प्रदेशका अध्यक्ष पोखरेलका अनुसार एमालेको दशौं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णयसमेत भएको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य भने सहभागि भएका थिएनन् ।

यसअघि एमालेको नवौ महाधिवेशन २०७१ असारमा भएको थियो । एमाले र माओवादी केन्द्रबीचको एकता पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । तर यही फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले दुई पार्टी मिलि बनेको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र व्यूँतिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’ – मन्त्री अधिकारी
२०८२ श्रावण ५, सोमबार
नेपाललाई सांस्कृतिक अध्ययनको सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्छ : मन्त्री पाण्डे
२०८२ श्रावण ५, सोमबार
साफ महिला यू-२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि
२०८२ श्रावण ५, सोमबार
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार