काठमाडौंः अखिल नेपाल महिला संघले भोली शनिबार काठमाडौंमा बृहत् राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ ।
अनेमसंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौँ” भन्ने मूल नाराका साथ बृहत् राष्ट्रिय महिला भेलाको आयोजना गर्न लागेको जानकारी गराएको हो ।
भृकुटी मण्डपमा हुन लागेको राष्ट्रिय भेलामा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने अनेमसंघ भेला आयोजक समितिका संयोजक सीता पौडेलले जानकारी दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया