काठमाण्डौंः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा शनिबार आयोजना गरिएको एकदिने स्वास्थ्य शिविर कार्यक्रमबाट ४४४ जना लाभान्वित भएका छन् ।
शिविरमा आँखा जाँच गराउन आएका २५० जनामध्ये कमजोर दृष्टि दोष रहेका १०० बिरामीलाई निःशुल्क रूपमा चश्मा वितरण गरिएको छ । आँखामा मोतियाविन्दु भएका ३१ बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको छ । शिविर सञ्चालनका लागि दुई लाख बजेटको व्यवस्था गरिएकामा एक लाख निःशुल्क औषधि वितरण गर्नका लागि खर्च भएको वडाध्यक्ष ऐरले बताए ।
दुर्गम क्षेत्रमा रहेका सर्वसाधारणका लागि विशेषज्ञसहितको स्वास्थ्य सेवामा पहुँच पुर्याउन स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख दिलबहादुर ऐरले बताए । शिविरका माध्यमबाट अतिविपन्न अवस्थाका व्यक्ति बढी लाभान्वित भएको उनको भनाइ छ । शिविरमा वडा नम्बर ९, १०, ११, ५, ४, ६, ७ र ८ का बासिन्दाले सेवा लिएका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया