जेठ ५, २०८१ शनिबार May 18, 2024

नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा थप १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले दिएको जानकारी अनुसार हालसम्म नेपालमा २२ लाख २१ हजार ५ सय १२ पिसिआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टामा ९४ जना संक्रमित संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७१ हजार ४ सय ९५ पुगेको छ । मन्त्रालयका अनुसार मुलुकभर ९ सय १५ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा छन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया