जेठ ५, २०८१ शनिबार May 18, 2024

चीनिया खोप सोमबार नेपाल आइपुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ:चीनले अनुदान स्वरुप नेपाललाइ दिने भनिएको कोरोना भाइरसविरुद्धको खोप भोलि सोमबार नेपाल आईपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुदानमा दिने आठ लाख डोज खोप सोमबार नेपाल ल्याइने जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लिन चार्टर विमान आइतबार आज चीन जाँदै छ ।

अनुदानको सो खोप बेइजिङमा तयारी अवस्थामा छ । १८ माघमा तीन लाख खोप सहायता गर्ने बताएको चीनले १७ फागुनमा त्यसलाई बढाएर आठ लाख खोप दिने घोषणा गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया