जेठ ५, २०८१ शनिबार May 18, 2024

नेपालमा थप १६२ जनामा कोरोना सङ्क्रमण पुष्टी, ५९ जना डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा १६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ९१९ मा पिसिआर परीक्षण गर्दा १६२ मा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

आज थपिएका १६२ सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २ लाख ७७ हजार ३०९ पुगेको छ ।

मुलुकमा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ४९३ छन् । यस्तै उपत्यकामा ६७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँ जिल्लामा ५०, ललितपुर १३ र भक्तपुरमा चारलाई सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ५९ जना छन् ।

योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २ लाख ७२ हजार ७ सय ८६ पुगेको छ । नेपालमा निको हुने दर ९८.४ प्रतिशत रहेको छ ।

आज कुनै पनि सङ्क्रमितको निधन भएको छैन ।

यस्तै आइसोलेशनमा एक हजार ४९३ र क्वारेन्टिनमा ५९ रहेका छन् । देशभरि ३८ सघन उपचार कक्ष (आइसियु)र पाँच भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया