जेठ ५, २०८१ शनिबार May 18, 2024

कोरोना खोप लगाएका १० जना जेष्ठ नागरिकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा कोरोनाविरुद्धको खोप लगाएका १० जना जेष्ठ नागरिकको मृत्यु भएको छ। कोरोना भाइरसविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएको हो ।

काठमाडौं, कालिकोट, धनुषा, म्यादीलगायत जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएको बताइएको छ।

खोपका कारणले मृत्यु भएको हो वा होइन भनी पत्ता लगाउन अनुसन्धान समेत थालिएको जनाइएको छ। विश्व स्वास्थ्य संगठनलाई खोपको प्रभावबारे जानकारी गराउनुपर्ने भएकाले सरकारले अनुसन्धान थालेको बताइएको छ । – रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया