असार २, २०८१ आइतबार June 16, 2024

आजदेखि वैशाख ५ सम्म नेपाली नागरिकले चिनियाँ खोप लगाउन पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्व महामारी कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भेरोसेल खोप नेपालमा आजदेखि दिइने भएको छ ।

उक्त खोप ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकले पाउने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए । गौतमका अनुसार आजदेखि ०७८ वैशाख ५ सम्म खोप सो उमेर समूहका नागरिकलाई खोप दिइनेछ ।

१८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई चैत २५ बाट खोप लगाउन सुरु गरिएको थियो । अब १८ देखि ५९ वर्ष समूहका अर्थात् पहिलो प्राथमिकतामा परेका विद्यार्थी, प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले समेत खोप लगाउँन पाउने भएको छ ।

आजलगाइने चिनियाँ भेरोसेल खोप यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिनेहरूले समेत लगाउन पाउने भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया