वैशाख २०, २०८१ बिहिबार May 2, 2024

पार्टी ह्वीप उल्लङ्घन गर्ने एमालेका ४ सांसद निष्कासित, वलीलाई २४ घण्टे स्पष्टीकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमाले संसदीय दलको बैठकले पार्टी ह्वीप उल्लङ्घन गर्ने कर्णालीका चार जना सांसदलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

शुक्रबार अकस्मात बसेको बैठकले चारै जनाको सांसद पद निलम्बन गर्ने तथा पार्टीको साधारण सदस्यतासमेत खारेज गर्ने निर्णय गरेको हो ।

कारबाहीमा पर्नेहरुमा प्रत्यक्ष निर्वाचित सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कूर्मराज शाही रहेका छन् । उनीहरूले शुक्रबार आज नै भएको संसद्मा फ्लोर क्रस गरेर महेन्द्र शाही सरकारलाई विश्वासको मत दिएका थिए ।

यस्तै समानुपातिक सांसद देवी वलीलाई चौबिस घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिन भनिएको छ । वलीले पहिले विश्वासको मतका पक्षमा मतदान गरेकी थिइन् तर, पछि आवश्यक सङ्ख्या पुगिसकेको भन्दै आफ्नो मत सच्याएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त
२०८१ वैशाख २१, शुक्रबार
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
२०८१ वैशाख २१, शुक्रबार
प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
२०८१ वैशाख २०, बिहिबार
तराईमा लु का कारण बिरामी हुनेको सङ्ख्या बढ्यो, सचेत हुन स्वास्थ्यकर्मीहरूको आग्रह
२०८१ वैशाख २०, बिहिबार
एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?
२०८१ वैशाख २०, बिहिबार
सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रतिवाद गर्ने कांग्रेसको निर्णय
२०८१ वैशाख २०, बिहिबार
धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ
२०८१ वैशाख २०, बिहिबार