श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अछाममा काेभिड-१९ संक्रमित एक पुरुषको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अछाममा कोरोना भाईरस सङ्क्रमणका कारण थप १ जनाको ज्यान गएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका ६५ वर्षका पुरुषको कोरोना सङ्क्रमणका कारण ज्यान गएको हो ।

पछिल्लो समय विश्वमै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमणदर रहेको भारतको गुजरातमा रोजगारीको सिलसिलामा रहेका उहाँ १५ दिन पहिले अछाम फर्किएका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि बयालपाटा अस्पतालमा गरिएको सिपिआर परिक्षण उहाँमा बैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

उहाँको आज बिहीबार बिहान साढे ७ बजे जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।याे सँगै अछाममा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । यसअघि कोरोनाबाट ५ जनाको ज्यान गएको थियाे । कोरोना दोस्रो चरणमा फैलिएपछि पहिलो पटक ६५ वर्षीय पुरुषको ज्यान गएको हाे ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमण पनि फैलिन थालेको छ । पछिल्लो पटक बैशाख ५ गतेदेखि कोरोना देखिन थालेको अछाममा हाल ५ जना सक्रिय संक्रमित देखिएका छन् । याे सँगै हालसम्म कुल कोरोना सङ्क्रमितको सङ्ख्या १६ सय ७५ जना पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया