मंसिर २२, २०८० शुक्रबार December 8, 2023

रित्तै भेटियो हराएको डिजल ट्यांकर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । दुई दिनदेखि हराइरहेको डिजल ट्यांकर धनुषाको सपही भन्ने स्थानमा फेला परेको छ। थिरेश्वरनाथ नगरपालिका– १ मा रहेको राजदेवी मन्दिरको छेउमा पार्किङ गरिराखेको अवस्थामा ट्यांकर फेला परेको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खरेलले जानकारी दिएका छन।

ट्यांकर सिरहा प्रहरीलाई बुझाउने तयारी भईरहेको छ। थप अनुसन्धान सिरहा प्रहरीले गर्ने खरेलले बताएका छन। प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरले रित्तो ट्यांकर फेला पारेको हो।

मंगलबार टंयाक्कर व्यवसायी महासंघको सूचना अनुसार बिहार पुगेको सिरहा प्रहरी रातभरीको खोजीपछि रित्तै फर्किएको थियो।

अमलेखगञ्ज डिपोबाट डिजेल बोकी विराटनगरतर्फ गइरहेको नेपाल आयल निगमको ट्यांकर दुई दिनदेखि हराएको थियो।

ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ बजे गायब भएको प्रहरीले जनाएको थियो। ट्यांकरका चालक भने मंगलबार दिउँसो प्रहरीको सम्पर्कमा पुगेका थिए।

प्रहरीका अनुसार चालक रामदेव यादव र सहचालक उमेश यादवले आफूहरुलाई राति एक समूहले अपरण गरी ट्यांकर भारततर्फ लगेको बताएका थिए।

प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महंगो पर्ने भएकोले मिलेमतोमा बेच्न लगिएको आशंका गरिएको छ। उक्त ट्यांकरमा काठमाडौं उपत्यकाको बिक्री मूल्य अनुसार १९ लाख ४० हजार रुपैयाँ बराबरको २० हजार लिटर डिजेल थियो।

नेपाल आयल निगमले ‘अपहरण’ मा परेको भनिएको ट्यांकरको खोजी गर्न एक समिति बनाएको छ। निगमले मंगलबार विज्ञप्ति प्रकाशित गरी प्रादेशिक प्रमुख इन्जिनियर अशोक शाहको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार