असार २५, २०८२ बुधबार July 9, 2025

गण्डकीका मुख्यमन्त्री गुरुङ अल्पमतमा सत्तापक्ष अझै आसमा, विपक्षी त्रासमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेश सभामा सरकारविरुद्ध बहुमत पुर्‍याउन ३१ सांसद चाहिन्छन् । ६० सदस्यीय प्रदेश सभामा अविश्वास प्रस्तावकर्ता दलहरू कांग्रेसका १५, सभामुखसहित माओवादी केन्द्रका १२ र जनता समाजवादीका दुई सांसद छन् । तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने प्रस्ट पारिसकेको छ ।

अंकगणितमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रस्ट अल्पमतमा परेको देखिन्छ । तर, गुरुङ नेतृत्वको सरकार जोगिनेमा सत्तारुढ दल एमाले अझै आशावादी छ । बहुमतको अंक भए पनि विपक्षी दलहरू त्रासमै छन् । मत सुरक्षित गर्न सांसदलाई होटेलमा राखिएको छ । सत्तापक्षले राजनीतिक ‘मुभ’का लागि आफैँ संसद् अवरुद्ध गरेको छ । गण्डकी प्रदेशमा कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल भावी मुख्यमन्त्रीका रूपमा अगाडि सारिएका छन् ।

एमाले प्रदेश सभा सांसद मोहन रेग्मी मत विभाजन हुने वेलासम्ममा अविश्वासको प्रस्तावको पक्षमा बहुमत नपुग्ने दाबी गर्छन् । ‘केही दलका सांसदले हाम्रो इच्छा त सरकारलाई निरन्तरता दिने नै हो, तर केन्द्रबाट निर्णय भएर आएपछि गाह्रो भयो भनिरहनुभएको छ । उहाँहरूले पार्टीको केन्द्रमा कन्भिन्स पनि गर्न सक्नुहुन्छ । कर्णाली र लुम्बिनीको संस्कार पनि यहाँ आउन सक्छ । यी र यस्तै कारण सरकार जोगिनेमा विश्वस्त छु,’ उनले भने ।

एमाले प्रदेश सभा सांसद रेग्मीको इशारा जनमोर्चातिर थियो । जनमोर्चाका सांसद कृष्ण थापाले आफूहरूको मन गुरुङ सरकारसँगै रहे पनि मत भने अविश्वास प्रस्तावकै पक्षमा रहने बताए । ‘मेरो मन त मुख्यमन्त्रीसँगै मिल्छ नि ! तर, मत भने अविश्वास प्रस्तावको पक्षमा नै हुन्छ,’ उनले भने ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दल पनि दबाबमा देखिएका छन् । हस्ताक्षर गर्नेमध्येबाट पनि समस्या आउन सक्नेमा आफूहरू सचेत रहेको कांग्रेसका एक सांसदले बताए । ‘शंकाकै आधारमा किटान गरेर भन्न त मिल्दैन । तर, सरकारी पक्षबाट भइरहेको हरदम प्रयासले कतै तलमाथि हुन्छ कि भन्ने हामीलाई परेकै छ,’ उनले भने । प्रदेश सभामा कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ सत्तापक्ष विभिन्न प्रलोभनमा पार्ने प्रयासमै रहेको दाबी गर्छन् । ‘उहाँहरू (सत्तापक्ष) सबै प्रकारका प्रयासमा हुनुहुन्छ भन्ने जानकारी छ ।

राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र र जसपा सबैमा उहाँहरू खेल्न खोजेको पाएका छौँ । तर, सबै दल प्रतिबद्ध छौँ । अविश्वासको प्रस्ताव पास हुन्छ,’ उनले भने । नयाँपत्रसका दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार