मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण भएकोमा ४ हजार ८९७ जनालाई संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ४ हजार ७७४ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने १२३ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

हाल सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३७८ रहेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र २ हजार ४७ संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा १ हजार ४६४ जना, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जनामा संक्रमण पुष्टि भएको छ। आज ७७३ जना संक्रमणमुक्त भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया