असार २५, २०८२ बुधबार July 9, 2025

नेपालमा कोरोनाबाट मृत्युदर १.०२६ प्रतिशत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः देशभर कोरोना संक्रमित संख्या ३ लाख १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको हो । सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ । केही दिनयता संक्रमणदर बढ्दो क्रममै छ । कुल संक्रमितमध्ये २ लाख ७९ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म कोरोना संक्रमणबाट ३ हजार २ सय ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १७ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १.०२६ प्रतिशतको मृत्यु भएको छ । हालसम्म २४ लाख ४५ हजार ९ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल, देशभर ५४ जना क्वारेन्टाइनमा छन् ।

गत २४ घण्टामा ४ हजार ८ सय ९७ संक्रमित थपिएका छन् । जसअन्तर्गत प्रदेश १ को इलाममा ३, उदयपुरमा २, खोटाङमा २, ओखलढुंगामा १, झापामा ४०, ताप्लेजुङमा १३, धनकुटामा १, मोरङमा १ सय २८, सुनसरीमा ४९ जनामा कोरोना देखिएको छ ।

प्रदेश २ धनुषामा ५३, पर्सा १ सय २३, बारामा ४१, महोत्तरीमा १७, रौतहटमा २३, सप्तरीमा ७, सर्लाहीमा १० र सिरहामा १७ जनामा कोरोना देखिएको छ ।

त्यस्तै, बाग्मती प्रदेशको काठमाडौंमा मात्रै १ हजार ४ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेपलाञ्चोकमा ५०, चितवनमा १ सय ४७, दोलखामा ६, धादिङमा २२, नुवाकोटमा २५, भक्तपुरमा २ सय ३२, मकवानपुरमा ४, रसुवामा १, रामेछाप ८, ललितपुरमा ३ सय ५१, सिन्धुपाल्चोकमा १७ र सिन्धुलीमा ८ जनामा कोरोना देखिएको छ ।

गण्डकी प्रदेश कास्कीमा १ सय ८२, गोरखामा ६१, तनहुँमा १५, नवलपरासी पूर्वमा १८, पर्वतमा ११, मुस्ताङमा १, म्याग्दीमा १३, लमजुङमा १, बागलुङमा २१ र स्याङ्जामा २१ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेश अर्घाखाँचीमा २०, कपिलवस्तुमा ४६, गुल्मीमा १८, दाङमा १ सय ८०, नवलपरासीमा २८, पाल्पामा २८, प्युठानमा ८, बर्दियामा २८, बाँकेमा ३ सय २८, रुकुम पूर्वमा ५, रुपन्देहीमा ४ सय ३४ र रोल्पामा ९ जनामा कोरोना देखिएको छ ।

कर्णाली प्रदेश कालिकोटमा ५, जाजरकोटमा ८, जुम्लामा ८, डोल्पामा १, दैलेखमा ५, मुगुमा २, रुकुम पश्चिममा ३, सल्यानमा ५ र सुर्खेतमा १ सय ३२ जनामा कोरोना भेटिएको छ ।

सुदूरपश्चिम प्रदेश अछाममा २, कञ्चनपुरमा २४, कैलालीमा १ सय ९४, डडेल्धुरामा १२, डोटी २, दार्चुलामा १, बझाङमा २, बाजुरामा १ र बैतडीमा २२ जनामा कोरोना भेटिएको छ । कोरोना संक्रमण बढेपछि सरकारले मास्क समुचित प्रयोग, भौतिक दूरी पूर्ण कार्यान्वयन गर्न आग्रह गरेको छ । राजधानीबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार