बैसाख १५, २०८३ मंगलबार April 28, 2026

२५ सदस्यीय नयाँ मन्त्रिपरिषद्मा को आए को गए (नामावली सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद्को पुनर्गठन गरेका छन् ।

राष्ट्रपति कार्यालयमा नाम पठाइएको नयाँ नियुक्त मन्त्रीहरुको शपथ बिहिबार बिहान ११ बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहायक प्रवक्ता केशब प्रसाद घिमिरेले हस्ताक्षर गरेको उक्त पत्र राष्ट्रपति कार्यालयमा बुधबार साँझ दर्ता भएको हो ।

यो सँगै पुरानो मन्त्रिपरिषद्मा रहेका केही मन्त्रीहरु बाहिरीएका छन् भने केही नयाँ नियुक्त भएका छन् । केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जिम्मेवारी सहित हेरफेर गरिएका मन्त्रिहरूमा घनश्याम भुसाल कृषि मन्त्री, बसन्त नेम्वाङ भौतिक पुर्वाधार तथा यातायात मन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक मन्त्री र पार्वत गुरुङ महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रीको  जिम्मेवारी दिइएको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको छ ।

त्यस्तै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मन्त्रालय खोसिएको छ । यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । त्यस्तै कानुनमन्त्री भानुभक्त ढकालको पनि मन्त्रालय खोसिएको छ । उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

यस्तो छ नयाँ मन्त्रिपरिषदको सूचीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
संसद् स्थगित गर्दै अध्यादेश सिफारिस गर्ने सरकारी कदमप्रति कांग्रेसको आपत्ति
२०८३ बैसाख १५, मंगलबार
फेसबुक मोनिटाइजेसनमा नेपालीलाई सशक्त बनाउँदै एमडिआर टिम
२०८३ बैसाख १५, मंगलबार
कानुन विपरीतका सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु
२०८३ बैसाख १५, मंगलबार
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
२०८३ बैसाख १५, मंगलबार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
२०८३ बैसाख १५, मंगलबार
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार