काठमाडौंः गृह मन्त्रालयले निषेधाज्ञाका कारण रोकिएका विदेशी पर्यटकलाई उपत्यका प्रवेशको लागी अनुमति दिन निर्देशन दिएको छ ।
गृह मन्त्रालयले बुधवार सबै प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गरेर स्वदेश फर्कनेको हकमा हवाई टिकट भएका पर्यटकलाई उपत्यका प्रवेशमा सहजीकरण गर्न निर्देशन दिएको हो ।
कोरोना (कोभिड-१९) महामारीको जोखिम कम गर्न जारी गरेको मन्त्रालयले पासपोर्ट र भिसाका आधारमा नियमअनुसार होटेल क्वारेन्टीनमा बस्ने गरी काठमाडौँ आउन दिने निर्णय गरेको छ । वैशाख १६ वाट उपत्यका जारी निषेधाज्ञा २९ गतेसम्म थप गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया