काठमामण्डौंः लुम्बिनी प्रदेश सरकारमा मङ्गलवार थपिनुभएका तीन जना मन्त्रीले बुधबार शपथ ग्रहण गरेका छन् ।
मुख्यमन्त्री शङ्कर पोखरेलले तेस्रो पटक मन्त्रिपरिषद् विस्तारमा थप भएका तीन जना मन्त्रीलाई प्रदेश प्रमुख धर्मनाथ यादवले शपथ ग्रहण गराएका हुन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भोजप्रसाद श्रेष्ठ , शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तवले बुधबार एक समारोहका बिच प्रदेश प्रमुख यादवसमक्ष शपथ ग्रहण गरेका थिए ।
अब लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । यसअघि थपिएका मन्त्री मध्ये हरिप्रसाद रिजाललाई ग्रामीण तथा शहरी विकास मन्त्रालय, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी , भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डे , भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादव र भौतिक पूर्वाधार विकास राज्य मन्त्री सुमन शर्मा रायमाझी यथावत् रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया