काठमाण्डौंः नवनियुक्त गण्डकी प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेकी छन् । सोमबार प्रदेश प्रमुखमा नियुक्त भएकी पौडेलले सोही दिन साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेकी थिईन् ।
नेपाल सरकारले सोमबार गण्डकी प्रदेश प्रमुखबाट अमिक शेरचनलाई हटाएर पौडेललाई नियुक्त गरेको थियो ।
बुधबार पदभार ग्रहणपछि प्रदेश प्रमुख पौडेलले संविधानको परिधिभित्र बसेर हरेक काम गर्ने आफ्नो मुख्य जिम्मेवारी रहने बताईन् ।
उनले प्रदेश सरकारले ल्याएका विधेयक, ऐनहरु प्रमाणीकरणका साथै संसद् बोलाउने, बजेट प्रस्तुत गर्ने, नीति कार्यक्रम बनाउने कामलाई पनि महत्त्वका साथ हेर्ने बताईन् । साथै उनले सबै दलहरूलाई मिलाएर लैजाने, अवरुद्ध संसदलाई निकास दिन पहल गर्ने आफ्नो महत्त्वपूर्ण भूमिका हुने बताईन् ।
प्रतिक्रिया