मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

मन्त्रिपरिषद बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । आजमात्रै ओलीले पार्टीको स्थायी कमिटी बैठक राखेका थिए ।

उक्त बैठकमा राष्ट्रियसभाको बाग्मती प्रदेशको उपनिर्वाचन र आफूले लिने विश्वासको मतबारे छलफल भएको थियो । लगत्तै, प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।

आज साँझ प्रधानमन्त्री निवाश बालुवाटारमा बस्ने मन्त्रिपरिषद बैठकमा के विषयमा छलफल गर्ने भन्नेबारे अझैसम्म एजेण्डा तय नभएको बताईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया