असार २५, २०८२ बुधबार July 9, 2025

सत्तासमिकरणको सकसः विपक्षी दलको दौडधुप तीव्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दल २७ वैशाखका लागि आह्वान संसद् विशेष अधिवेशनमा ‘कसरी अघि बढ्ने ?’ भन्नेबारे तीव्र संवादमा उत्रेका छन् ।

कांग्रेसले पदाधिकारी बैठकमार्फतै ‘प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने’ प्रस्ट पारिसकेको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्तासँगै ‘अब फेरि मत नदिने’ बताएको छ । यी दुई दल अन्य विपक्षीलाई समेत आफ्ना ‘कित्ता’मा ल्याउने प्रयासमा छन् ।

कांग्रेसले ‘अविश्वासको मत’का लागि माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमाले माधव नेपालसमूहसँग आन्तरिक छलफल जारी राखेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार ‘अब कसरी अघि बढ्ने ?’ भन्ने विषयमा विपक्षी दलबीचमा संवाद जारी छ । विपक्षमा रहेका अन्य दललाई समेत प्रधानमन्त्री ओलीलाई ‘मत नदिन आग्रह गरिने’ उनले जानकारी दिए ।

गएको मंगलबारबाटै विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी छ ।

बिहीबार साँझ एमाले नेता नेपालले समेत बूढानीलकण्ठस्थित निवास पुगेर देउवालाई भेटेका छन् । भोलिपल्ट शुक्रबार साँझै माओवादी अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए ।

यता, ललितपुरमा बुधबार विपक्षी दलबीच छलफल नै चलिसकेको छ । सो छलफलबाट विपक्षी दलले ‘राष्ट्रिय सभा उपनिर्वाचनमा गठबन्धन बनाएर अघि बढ्ने’ निर्णय भएको थियो ।

प्रधानमन्त्री ओलीले गएको बुधबार कांग्रेससँग ‘विश्वासको मत’ माग्दै सहकार्य प्रस्ताव गरेका थिए । उनले एमाले नेतासहित कांग्रेस सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमै पुगेर विश्वासको मत मागेका हुन् ।

तर, कांग्रेसले ‘विश्वास गर्ने वातावरण नभएको’ भन्दै ‘मत दिन नसकिने’ जवाफ दिइसकेको छ । सत्ताधारी दलको क्रियाकलाप ‘ठीक नभएको र सरकार पटकपटक गलत बाटोमा हिँडेको’ भन्दै कांग्रेसले सरकारलाई सचेतसमेत गराएको छ ।

कांग्रेसले कोरोना संक्रमण व्यापक रूपमा बढ्दासमेत ‘सही ढंगबाट काम नगरेको’ भन्दै सरकारको आलोचनासमेत गर्दै आएको छ । त्यस्तै, बजेट अधिवेशन बोलाउन ढिला भएको र कोभिडलगायत महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेला ‘विश्वासको मत लिनकै लागि अधिवेशन बोलाइएको’ भन्दै सरकारप्रति कांग्रेस रुष्ट छ ।

उता, जसपा नेता डा. बाबुराम भट्टराई र यादवसमेत सरकारसँग रुष्ट छन् । उनीहरूले नेतृत्व गरेको जसपाको ठूलो शक्ति एकातिर हुँदा महन्थ ठाकुरसहितका केही नेता ‘कसरी अघि बढ्ने ?’ भन्नेमा प्रस्ट खुल्न सकेका छैनन् ।

यद्यपि, नेता राजेन्द्र महतोले भने प्रधानमन्त्री ओलीको ‘कित्ता’मा उभिन नसक्ने संकेत गरिरहेका छन् । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार