असार २५, २०८२ बुधबार July 9, 2025

अक्सिजनको अभाव चर्किएपछि दातृ निकायसँग हात अघि बढाँउदै सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अक्सिजनको अभाव चर्किएपछि सरकारले दातृ निकाय र छिमेकी मुलुकसँग सहयोगको हात अघि बढाएको छ । टेन्डर आह्वान गर्दा पनि कसैले सहभागिता नजनाएपछि स्वास्थ्य मन्त्रालयले युनिसेफ र चीनलाई अक्सिजन सिलिन्डर तत्काल उपलब्ध गराइदिन गुहारेको हो ।

अस्पताल भर्ना भएका अधिकांश कोरोना संक्रमितलाई अक्सिजन दिनुपर्ने अवस्था आएपछि मुलुकभर अक्सिजनको अभाव छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले अक्सिजनको हाहाकार कम गर्न एक साताअघि एक हजार थान सिलिन्डर खरिद गर्न खोज्दा पनि टेन्डरमा कसैले भाग लिएका थिएनन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले शुक्रबार स्वास्थ्य सचिव, विभागका महानिर्देशक, व्यवस्थापन महाशाखाका निर्देशक, औषधि व्यवस्था विभागका महानिर्देशकलगायतलाई बोलाएर आवश्यक स्वास्थ्य उपकरण र अन्य सामग्री तत्काल कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर योजना मागेका थिए । ‘यसअघि टेन्डर गर्दा कसैले इच्छा नदेखाएकाले फेरि छोटो अवधि राखेर टेन्डर निकाल्न निर्देशन आएको छ,’ व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले भने, ‘दाताहरूसँग पनि समन्वय गरिरहन्छौं । यता टेन्डर पनि निकाल्छौं ।’

दातासँग मन्त्रालयले समन्वय गरिरहेको छ भने थप सिलिन्डर खरिद गर्ने जिम्मेवारी विभागले पाएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले चीनले उपलब्ध गराउने २० हजार सिलिन्डरमध्ये ३ हजार ५ सय सिलिन्डर छिट्टै आउने बताए । कान्तिपुर दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार