मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

लोक सेवा आयोगकाे अध्यक्षमा पूर्वसचिव रेग्मीकाे नाम सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः संवैधानिक परिषदको बैठकले तीनवटा संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको परिषद् बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगको पदाधिकारीमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीको नाम सिफारिस गरिएको छ । उनी कांग्रेस निकट मानिन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको कोटाबाट उनी सिफरिसमा परेका थिए ।

तर आजको बैठकमा देउवा  भने उपस्थित भएका थिएनन् । अब परिषद्ले‍ सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

त्यस्तै अख्तियारको आयुक्तमा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख दिलिप रेग्मी र निर्वाचन आयोगमा पूर्वसचिव वीरबहादुर राईलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको बुझिएको छ । तर, सरकारले यसबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया