असार २५, २०८२ बुधबार July 9, 2025

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त अपिल जारी गर्दै ‘नेपालको संविधानको धारा ७६ (२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपिलसमेत गरेका छन् । संविधानको धारा ७६ मा ‘दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार, सबैभन्दा ठूलो दलको नेताको नेतृत्वमा अल्पमतको सरकार र कुनै सांसदको नेतृत्वमा बन्ने’ सरकार गरी सरकार गठनका लागि तीन विकल्पको परिकल्पना छ ।

तर, अहिले संसद्मा कुनै पनि एक दलको बहुमत पुग्ने अवस्था भने छैन । धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार बन्ने सम्भावना समाप्त भएपछि यो अवस्थामा दुई वा दुईभन्दा बढी दलको विकल्पमा सरकार गठन गर्न दलहरूले राष्ट्रपतिसमक्ष आग्रह गरेका हुन् । धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्य बहुमतको सरकारको प्रधानमन्त्री बन्न सक्ने छन् । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आईपीएलको ब्रान्ड मूल्य १८.५ अर्ब डलर पुग्यो, आरसीबी शीर्षमा
२०८२ असार २५, बुधबार
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
२०८२ असार २५, बुधबार
वाइसिएलले दुईमहिने श्रम तथा उत्पादन अभियान चलाउने
२०८२ असार २५, बुधबार
गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
२०८२ असार २५, बुधबार