काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्षम्य हुन नसक्ने बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा नेता माधवकुमार नेपालको स्केच राख्दै थापाले पार्टी पार्टी २०७५ जेठ २ गतेमा फर्किने नभई २०७८ जेठ २ गतेतर्फ अघि बढ्ने बताए।
उनले लेखेका छन्,‘पार्टी २०७५ जेठ २ गतेमा फर्किनु हुँदैन, २०७८ जेठ २ गतेतर्फ अघि बढ्नुपर्छ। आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्षम्य हुन सक्दैन। नेता जन्माउने–बनाउने पार्टी र जनताले हो। महान् शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौं। सुकेका पात झर्छन्, चिन्ता नगरौं ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया