असार २५, २०८२ बुधबार July 9, 2025

भदौसम्म मृतकको संख्या ४२ हजार पुग्ने प्रक्षेपण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोनाको दोस्रो लहरले नेपालमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजारजनाको ज्यान जान सक्ने प्रक्षेपण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ ।

अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र ‘इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड इभालुएसन ९आइएचएमई०’ ले महामारीको विभिन्न नतिजाका आधारमा यस्तो प्रक्षेपण गरेको हो । उक्त संस्थाले विश्वका २३० स्थानमा महामारीको गणितीय प्रक्षेपण गर्दै आएको छ । प्रक्षेपण गर्दा निषेधाज्ञा, मृतक संख्या, संक्रमित संख्या, अस्पताल भर्ना दर, जनसंख्याको कति प्रतिशतले मास्क लगाएको छ जस्ता आधार तय गरिएको थियो ।

कोरोना महामारी सुरु भएयता बुधबारसम्म नेपालमा ४ हजार २५२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८ संक्रमितको मृत्यु भएकोे छ । मंगलबार सर्बाधिक २२५ जनाको मृत्यु भएको थियो । त्यस्तै सोमबार १३९ जनाको मृत्यु भएको थियो ।

सघन उपचार कक्षमा उपचारत बिरामीको संख्या मंगलबार १ हजार ८४ रहेकोमा बुधबार यो संख्या बढेर १ हजार २४१ पुगेको छ । मन्त्रालयका अनुसार २८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पिसिआर र एन्टिजेन गरी २० हजार ७८६ जनाको परीक्षण गरिएकोमा ९ हजार ३०५ अर्थात् ४४ प्रतिशतमा संक्रमण देखिएको छ । सक्रिय संक्रमितको संख्या बुधबार १ लाख नाघेको छ । मन्त्रालयका अनुसार नेपालमा मृत्युदर १ दशमलब ३ प्रतिशत पुगेको छ । मृत्यु हुने संख्या मंगलबारसम्म उमेरगत हिसाबले ६० वर्ष नाघेका ५८ दशमलब ३९ प्रतिशत र ३० देखि ५९ वर्ष उमेर समूहमा ३७ दशमलब ४१ प्रतिशत छ ।

अमेरिकी अनुसन्धान संस्था आइएचएमईले गणितीय मोडलका आधारमा गरेको तथा वैशाख २३ गते सार्वजनिक उक्त ‘कोभिड–१९ रिजल्ट ब्रिफिङ’ अनुसार अत्यन्त खराब अवस्थामा भदौ १६ सम्म नेपालमा ४३ हजारको मृत्यु हुन सक्ने देखिएकोे छ । वैशाख २०, २१ र २२ गतेको तथ्यांकका आधारमा यो प्रक्षेपण गरिएको हो ।

आइएचएमईको अध्ययन प्रक्षेपणले एकैदिनमा ८५० जनाको मृत्युसहित जेठ १५ मा मृतक संख्या उच्चतम बिन्दुमा पुग्ने देखिएको छ । तर वैशाख अन्तिम सातादेखि ९५ प्रतिशत मानिसले मास्क लगाएमा भदौ १६ सम्म हुने कुल मृतकको संख्यामा ३ हजारले कमी आउन सक्ने पनि प्रक्षेपणमा उल्लेख छ ।

यसैगरी खोप अभियान प्रक्षेपित गरिएको आधारमा अगाडि बढेमा थप ९०० जनाको ज्यान बच्न सक्ने प्रक्षेपण गरिएको छ । माघदेखि सुरु भएको खोप अभियानअन्तर्गत नेपालमा हालसम्म २० लाख ९१ हजार जनाले खोप लगाएका छन् भने खोपको दुवै मात्रा लगाउनेको संख्या ३ लाख ६२ हजार पुगेको छ । अन्य देशको तुलनमा खोप अभियान छिटो सुरु गरेको नेपालले खोप अभावमा निरन्तरता दिन सकेको छैन । नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार