मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

काठमाडौं जिल्ला अदालतका न्यायाधीशको कोरोनाबाट मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । उहाँको टेकु अस्पतालमा बुधबार साँझ मृत्यु भएको हो ।

ललितपुरको इमाडोल घर भएका उहाँ दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । दुई साताअघि जिल्ला अदालतमा गरिएको परीक्षणमा उहाँको रिपोर्ट पोजिटिभ आएको थियो ।

कोरोनाका कारण न्यायपालिकाको उच्च व्यक्तिको यो दोस्रो मृत्यु हो । यसअघि न्याय परिषदका सदस्य लक्ष्मीबहादुर निराला खड्काको निधन भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया