मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत बेरीबीच टेलिफोन संवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी महामहिम राजदूत रेण्डी बेरीबीच टेलिफोन संवाद भएको छ । राजदुत वेरी र उपप्रधानमन्त्री पोखरेलबीच बिहिबार टेलिफोनवार्ता भएको हो ।

उपप्रधानमन्त्री पोखरेलले वार्तामा नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गरेका थिए ।

जवाफमा राजदुत वेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामाग्रीहरु सहयोग गरिने जानकारी दिएको उनको भनाइ छ । तर, के के सहयोग गरिने भन्ने बारेमा आगामी आइतबारसम्म टुंगो लाग्ने छ ।

फोनवार्ताका क्रमा उप्रधानमन्त्री पोखरेलले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको बताए।

केही दिन अघि संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजकसँग संवाद गरेका उपप्रधानमन्त्रीले खोप र स्वास्थ्य सामाग्री छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया