भाद्र १, २०८३ सोमबार August 17, 2026

स्वास्थ्य क्षेत्रलाई माफिया मुक्त गरौंः उपराष्ट्रपति पुन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले स्वास्थ्य क्षेत्रलाई माफिया मुक्त बनाउनुपर्ने बताएका छन् । शनिबार राजधानीमा ‘प्रथम इमजेन्सी मेडिसिन सम्मेलन’ को उद्घाटन गर्दै उनले मेडिकल माफियाविरुद्ध विद्यार्थीहरूले पटक पटक आन्दोलन गर्नुेपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन ।

नेपलिज सोसाइटी इमर्जेन्सी फिजिसियन्स्द्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले आधारभूत नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन राज्यले जनस्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्ने बताएका छन । उनले भने, ‘सुविधा सम्पन्न सरकारी अस्पताल नागरिकलाई प्रभावकारी सेवा दिनबाट चुकिरहेका छन् भने अर्कोतर्फ नीजि अस्पताल आधारभूत नागरिकको पहुँचमा छैनन् भन्ने जनगुनासाहरु छन् ।’

आर्थिक अवस्था कमजोर भएकै कारण एयर एम्बुलेन्सको सेवा नपाएर विरामीले मृत्युवरण गर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा उपराष्ट्रपति पुनको जोड थियो । उनले प्रत्येक प्रदेश, क्षेत्र तथा ठूला राम्रो हस्पिटलहरुले अनिवार्य एयर एम्बुलेन्स सेवाको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन ।

उपराष्ट्रपति पुनले एकाध बाहेक सबै रोगको उपचार नेपालमै सम्भव रहेको बताएका छन । एक दशक पहिला आफू गम्भिर विरामी हुँदा स्वदेशमै उपचार गरेको प्रसँग स्मरण गर्दै उनले भने, ‘प्राय सबै खाले रोगको उपचार नेपालमै सम्भव छ र यसका लागि नेपाली डाक्टरहरु सक्षम छन् ।’

तर यसका लागि व्यवस्थित र प्रभावकारी उपचार प्रणालीको भने खाँचो रहेको उनको भनाइ छ । ‘स्वास्थ्य क्षेत्र सेवामुलक क्षेत्र भएकाले यसलाई व्यापारीकरणबाट जोगाउनुपर्दछ’, उपराष्ट्रपति पुनले भने, ‘काठमाडौंमा हुने इमर्जेन्सी उपचार जुम्लामा पनि होस्, ताप्लेजुङमा पनि होस्, दार्चुलामा पनि होस्, इमर्जेन्सी मेडिसिन सबैको पहुँचमा पुगोस् ।’

नेपलिज सोसाइटी इमर्जेन्सी फिजिसियन्स्का अध्यक्ष डा। अजयसिं थापाले प्रभावशाली इमर्जेन्सी उपचारका लागि सम्मेलन कोशेढुंगा सावित हुने बताएका छन । विशेषज्ञ, अनुसन्धानकर्ता, चिकित्सकहरूको अनुभव आदानप्रदान समेत हुने भएकाले यसबाट भविष्यमा इमर्जेन्सी उपचार सेवा अझै सशक्त हुने उल्लेख गरेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा
२०८३ भाद्र १, सोमबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
२०८३ भाद्र १, सोमबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ भाद्र १, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
२०८३ भाद्र १, सोमबार