मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

प्रधानमन्त्री केपी ओलीको शपथ ग्रहण २ बजे शितलनिवाशमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् ।

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा गएर शपथ ग्रहण गर्न लागेका हुन् । शपथ ग्रहण पश्चात उनले आजै सिंहदरबार पुगी पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

विहिबार राती ९ बजेसम्म पनि कुनै पनि दलले बहुमतको सरकारको लागी दाबी सहित विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सबैभन्दा ठुलो दलको हैसियतले बिहीबार पुनः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया