असार २५, २०८२ बुधबार July 9, 2025

सामाजिक सुरक्षा योजनाः योगदानकर्ता संक्रमित भए उपचार खर्च पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, बैशाख ३१ । कोरोना भाइरसबाट योगदानकर्ता संक्रमित भए सामाजिक सुरक्षा कोषले उपचार खर्च दिने भएको छ । कोषका अनुसार महामारीका बेला योगदानकर्ता संक्रमित भएर अस्पताल वा घरमै उपचार गर्नुपर्ने भए उपचारमा लागेको खर्च नियमअनुसार भुक्तानी दिइनेछ ।

औषधि उपचार योजनाअन्तर्गत कोभिड संक्रमितको खर्च बेहोरिन लागिएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताएका छन् । उनका अनुसार योगदानकर्ताले उपचारबापत १ लाख बराबरको उपचारमा २० प्रतिशत खर्च आफै बेहोर्नुपर्नेछ ।

अन्य खर्च कोषमा दाबी गर्नेबित्तिकै योगदानकर्ताले पाउनेछन् । ‘दोस्रो चरणको महामारी शुरू भएसँगै कोभिड संक्रमित योगदानकर्ताले उपचार खर्चबापत दाबी माग गर्न थालिसकेका छन्, हामी क्रमिक रूपमा भुक्तानी दिँदै छौं,’ ज्ञवालीले भने । उनका अनुसार महामारीमा योगदानकर्तालाई कोषले उपचार खर्चमार्फत राहत दिन थालेको हो ।

अस्पतालबाट सीधै १ लाखको ८० प्रतिशत छूट दिने व्यवस्था अझै लागू भइनसकेकाले अहिले संक्रमित योगदानकर्ताले कोषमा नै दाबी भुक्तानी गर्न आउनुपर्ने ज्ञवालीले बताएका छन् । अस्पतालमा उपचार गराउँदा ८० प्रतिशत छूट सीधै पाउने व्यवस्था साउनपछि मात्रै लागू गर्ने तयारी छ । अहिलेसम्म १०५ भन्दा बढी अस्पतालसँग यो सुविधा दिनका लागि कोषले समझदारी गरिसकेको छ ।

कोषका अनुसार कोरोना महामारी उत्कर्षमा पुगे पनि दाबी भुक्तानी रोकिएको छैन । औषधि, उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा मात्रै अहिलेसम्म १ हजार ५ सय ७८ लाभग्राहीले २ हजार ५ सय २४ पटक दाबी गरी भुक्तानी लिएको देखिन्छ ।

कोरोना महामारीको दोस्रो लहर शुरू भए पनि कोषमा आबद्ध हुने रोजगारदाता तथा योगदानकर्ताको संख्या घटेको छैन । बुधवारसम्म १३ हजार ८ सय ४५ रोजगारदाता सामाजिक सुरक्षा योजनामा सहभागी भएका छन् भने आबद्ध योगदानकर्ताको संख्या २ लाख २ हजार ३ सय ५३ छ । सबैभन्दा बढी वाग्मती प्रदेशका ९ हजार २ सय ५९ रोजगारदाता कोषमा दर्ता भएका छन् भने सोही प्रदेशबाट १ लाख ५१ हजार ५ सय ५४ योगदानकर्ता कोषमा आबद्ध भएका छन् । आर्थिक अभियान दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार