काठमाडौंः पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ६३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०४९, भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यसअघि हिजो काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मंगलबार मुलुकभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया